PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटको विजेता नेपाल, हेर्नुस् फोटोमा

पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटको विजेता नेपाल, हेर्नुस् फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


इस्लामावाद (पाकिस्तान) : वर्ल्ड ब्लाइण्ड लिमिटेडबाट मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको विजेता नेपाल बनेको छ।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको पाँच खेलको सिरिजमा नेपालले पाकिस्तानलाई ४-० ले पराजित गरेको हो। पाँच खेलको सिरिज भएपनि एक खेल वर्षा कारण हुन नसकेपछि रद्ध भएको थियो।

नेपालले पहिलो, तेस्रो र पाँचौ खेल समान १० विकेटले जित्दा चौथो खेल भने ९ विकेटले जितेको थियो।

सिरिजका खेलहरु पाकिस्तानको विभिन्न शहरमा भएको थियो।

यसअघि क्रिकेट एसोसिएसन अफ ब्लाइण्ड (क्याब) नेपालको आयोजनामा सन् २०१४ मा नेपाल र बेलायतबीच ३ खेलको सिरिज भएपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन। नेपालमै भएको उक्त सिरिज नेपालले जितेको थियो। विश्वमै पहिलो पटक महिला नेत्रहीन क्रिकेटमा दुई देशबीच भएको त्यो नै पहिलो सिरिज थियो।

पाकिस्तानलाई उसैको मैदानमा सबै खेलमा पराजित गर्दै ऐतिहासिक सिरिज जितपछि नेपाली महिला नेत्रहीन क्रिकेट टोलीले अन्य खेलाडीसरह अवसर पाए आफूहरु पनि सक्षम छौँ भन्ने प्रमाणित गरेर देखाएका छन्।

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell