PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

ह्वाट्सएपको प्रयोगबाट हुन्डीको कारोबारः राजस्वद्धारा आठ जनाविरुद्ध मुद्दा दायर, जनही साढे १२ अर्ब बिगो दाबी



पहिलोपोस्ट

ह्वाट्सएपको प्रयोगबाट हुन्डीको कारोबारः राजस्वद्धारा आठ जनाविरुद्ध मुद्दा दायर, जनही साढे १२ अर्ब बिगो दाबी

काठमाडौँः राजस्व अनुसन्धान कार्यालय पथलैयाले विदेशी विनिमय ऐन २०१९ विपरीत हुन्डीको कारोबार गरेको अभियोगमा ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। कार्यालयले सबै प्रतिवादीसँग जनही तीन गुणा बढीले बिगो दाबी गरेको छ। दुई फरार प्रतिवादीसहित ८ जनाविरुछ सोमबार जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको छ।

ह्वाट्सएपको प्रयोग गरी हुन्डीको कारोबार गरेको अभियोगमा कार्यालयले विजय यादव, मोख्तर अहमद, नरेश महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासलाई पक्राउ गरी मुद्दा दायर गरेको हो। आठमध्ये दुई प्रतिवादीलाई भने फरार अभियुक्तका रूपमा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ। रामेश्वर साह तथा निजकी श्रीमती मीनादेवी साह फरार छन्।

एप्लिकेशनको माध्यमबाट विभिन्न संकेत तथा चिह्नहरू प्रयोग गरी ठूलो परिमाणमा अन्तरदेशीय कारोबार गरेको कार्यालयको ठहर छ।

कार्यालयले हुन्डी कारोबारमा संकलित भौचर तथा हिसाबबाट देखिएको चार अर्ब, १५ करोड ४९ लाख ५३ हजार २५१ रुपियाँ तथ्य प्रमाण सङ्कलन गरेको छ। यस्तै, प्रतिवादी रामेश्वर साहको घरबाट कार्यालयले नेपाली र भारतीय रुपैयाँ गरी ८३ लाख ७९ हजार ६५९ रुपैयाँ समेत बरामद गरेको छ। बरामद रकम समेत चार अर्ब १६ करोड ३३ लाख ३१ हजार ९१० रुपैयाँ गैरकानुनी रूपमा अन्तरदेशीय कारोबार गरेको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूलाई विदेशी विनिमय ऐन २०१९ को दफा ३, ४ र ४(२) विरुद्धको कसुरमा मुद्दा चलाइएको हो। कार्यालले प्रतिवादी रामेश्वर साहको घरबाट नियन्त्रणमा लिएको ८३ लाख ७९ हजार ६५९ रुपैयाँ पनि जफतको माग गरेको छ।

कार्यालयले सात प्रतिवादीको हकमा जनही १२ अर्ब ४८ करोड ९९ लाख ९५ हजार ५७३ रुपैयाँ बिगो दाबी गरेको छ। उनीहरूलाई जनही तीन वर्ष कैद दाबी गरिएको छ।

तर, प्रतिवादी पप्पुकुमार दास १५ वर्षका नाबालक भएकाले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ४५(३) बमोजिम अन्य प्रतिवादीलाई भन्दा आधार सजाय माग गरिएको छ। दाससँग ६ अर्ब २४ करोड ४९ लाख ९७ हजार ८६६ रुपैयाँ बिगो दाबी गरिएको हो।

मुद्दामा कूल बिगो ९३ अर्ब ६७ करोड ४९ लाख ६७ हजार ९५८ रुपैयाँ बिगो कायम गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell