PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

ल्होछारको बिदा कटौति गरेकोमा कांग्रेस नेता श्रेष्ठको आपत्ति


ल्होछारको बिदा कटौति गरेकोमा कांग्रेस नेता श्रेष्ठको आपत्ति

काठमाडौं: तामाङ जातिको सांस्कृतिक पर्व सोनाम ल्होछारमा सार्वजनिक बिदा दिन माग गरिएको छ। 

विगत वर्षमा दिइएको सार्वजनिक बिदा यस पटक कटौती गरी पर्वलाई मान्यता नदिएको भन्दै २८५५औँ सोनाम ल्होछार तथा तामाङ सांस्कृतिक महोत्सवका वक्ता विभिन्न राजनीतिक दलका नेताले आगामी वर्षदेखि सार्वजनिक बिदा दिने गरी निर्णय गर्न माग गरे। पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सबै जातजातिको पर्वमा बिदा दिइनुपर्ने बताए। आफ्नो दलको सरकार भएका बेला दिइएको बिदा वर्तमान सरकारले कटौती गरेकामा उनले आपत्ति जनाए।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जातजातिका पर्वको बिदा काटेर राष्ट्रिय मान्यता नदिइएकामा आपत्ति जनाउँदै संस्कृतिको रक्षा नगरे देशको अस्तित्व खतरामा पर्ने बताए। विसं २०६४ फागुन १६ गते मधेशवादी र १८ गते तामाङ समुदायसँग सरकारले गरेको पहिचानसहितको सङ्घीयताको सम्झौता कार्यान्वय गर्न उनले स्मरण गरे। 

जनजाति महासङ्घका अध्यक्ष जगत बराम, आयोजक समितिका अध्यक्ष मोहन गोलेलगायतले ल्होछारको बिदा कटौती गर्दा गरेकोमा विरोध जनाए।



ल्होछारको बिदा कटौति गरेकोमा कांग्रेस नेता श्रेष्ठको आपत्ति को लागी १ प्रतिक्रिया(हरु)

लोक [ 2019-02-07 21:23:08 ]
बर्तमान सरकारले तमु ल्होछार पर्वको विदा काटेर धार्मिक असहस्णुता को विजारोप गर्नु भन्दा पहिला हिन्दु परंपरागत का दशैँ तिहारजस्ता चाड पर्वहरुका विदा छोटाएको भए सायद सर्बमान्य हुन्थ्यो होला ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट