PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

मर्यादा क्रममा संघीय सांसदलाई प्रदेशको मन्त्रीभन्दा तल राखेकोमा कांग्रेस सांसदको आपत्ति


मर्यादा क्रममा संघीय सांसदलाई प्रदेशको मन्त्रीभन्दा तल राखेकोमा कांग्रेस सांसदको आपत्ति

काठमाडौं : सरकारले संशोधन गरेको मर्यादा क्रममा संघीय सांसदभन्दामाथि प्रदेशका मन्त्रीहरुलाई राखेकोमा कांग्रेसका सांसदले आपत्ति जनाएका छन्।

आजको प्रतिनिधि सभाको शून्य समयमा सांसद देवेन्द्रराज कँडेलले संघीय संसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्नु न्यायोचित नभएको बताएका छन्। 

त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिका र नगरपालिका प्रमुखभन्दा तल राखिएकोमा पनि उनले असन्तुष्टि जनाए।

प्रमुख जिल्ला अधिकारीलाई गाउँ-नगरप्रमुखभन्दा तल राख्दा मनोबल गिरेको उनले बताउँदै सच्याउनु पर्ने मग गरेका छन्।

राजनीतिक व्यक्ति केही समयसम्मका लागिमात्र हुने गरेको तर प्रमुख जिल्ला अधिकारी लामो समयसम्म रहने गरेकोले सिडिओलाई मेयरभन्दा माथि राख्नु पर्ने कँडेलले माग गरे।



मर्यादा क्रममा संघीय सांसदलाई प्रदेशको मन्त्रीभन्दा तल राखेकोमा कांग्रेस सांसदको आपत्ति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट