PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

संसदमा प्रश्नोत्तरको प्रकृया बुझेनन् सांसदहरुले


पहिलोपोस्ट

संसदमा प्रश्नोत्तरको प्रकृया बुझेनन् सांसदहरुले

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको समय छुट्याइएको थियो जहाँ सांसदहरुले नै त्यसको प्रकृया नबुझेको देखियो। कार्यसूची अनुसार गृहमन्त्री रामबहादुर थापा सांसदहरुको प्रश्नको जवाफ दिन रोष्टममा पुगे।

गृहमन्त्रीसँग प्रश्नकर्ता सांसदहरुले प्रश्न गरेपछि प्रतिप्रश्नका लागि पनि समय दिइएको थियो। एउटा प्रश्नमा पाँच जना सांसदले प्रतिप्रश्न गर्न सक्ने व्यवस्था छ।

त्यही व्यवस्था अनुसार भत्तपुरको इन्काउन्टरको घटनामा गृहमन्त्रीले जवाफ दिने प्रक्रिया चल्दै थियो। प्रति प्रश्नको समय सांसद मनकुमारी जिसीलाई दिइयो। तर, जिसीले स्वयम्भूमा भएको संगिन जिसीको हत्या प्रकरणमा प्रश्न सोध्न थालिन्। त्यसपछि सभामुख कृष्णबहादुर महराले विषयसँग सम्बन्धित प्रश्न सोध्न आग्रह गर्दै रोके। अनि उनको माइक काटियो।

त्यस्तै अछामको मंगलसेनको घटनाको प्रश्नोत्तर भइरहँदा सांसद हिरा गुरुङ्गले काँडाघारी प्रकरणको प्रश्न सोधेकी थिइन्। सभामुख महरा उनलाई पनि रोक्न वाध्य भए।

प्रश्नोत्तर कार्याक्रममा प्रश्नकर्ता सांसदले प्रश्न राखेपछि सम्बन्धित मन्त्रीले जवाफ दिन्छन्। त्यसपछि प्रश्नकर्ता सांसदले पुरक प्रश्न गर्न सक्छन्। र, पाँच जना सांसदले त्यसैसँग सम्बन्धित प्रतिप्रश्न गर्न पाउँछन्। 

संसदमा मन्त्रीहरुसँग पहिलो पटक प्रश्नोत्तर कार्यक्रम चलेकाले सांसदहरु झुक्किएका हुन्।



संसदमा प्रश्नोत्तरको प्रकृया बुझेनन् सांसदहरुले को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट