PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

'जिन्दगी नै परिवर्तन भएको छ' : रवि ओड


पहिलोपोस्ट

'जिन्दगी नै परिवर्तन भएको छ' : रवि ओड

काठमाडौं: नेपाल 'आइडल सिजन २'को टिम यतिखेर सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियामा छन्। विहिबार 'सिजन २' का प्रतिस्पर्धिहरुसँगै आयोजकले सिड्नी कार्यक्रमबारे जानकारी दिन पत्रकार भेटको आयोजना गर्‍यो।

यसअघि मेलवर्नमा कार्यक्रम सम्पन्न भइसकेको छ। 'सिजन २'का विजेता रवि ओडसँगै विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले कार्यक्रममा प्रस्तुती दिएका थिए। होस्ट ऋमा विश्वकर्मा पनि अहिले अस्ट्रेलियमा नै छन्।

कार्यक्रममा रविले घरका सबैजना गायनमा सक्रिय रहेको बताए। उनले भने 'हाम्रो घरमा सबैले गीत गाउनुहुन्छ। म पनि सानैदेखि गीतहरु सुन्थें, गाउँथें। विद्यालयमा गाएँ, बेन्च अगाडि आएँ, त्यसपछि वार्षिक कार्यक्रममा, फाइनली नेपाल आइडल नै जितें। अहिले मेरो जिन्दगी नै परिवर्तन भएको छ।'  

रवि केहीदिन अघि विवादमा आएका थिए। 'सालको पातको टपरी'बोलको गीतलाई बिना तयारी गाएपछि गीतका सर्जक वसन्त थापा लगायतले असन्तुष्टि पोखेका थिए। सामाजिक संजालमा समेत रविको प्रस्तुतीको आलोचना भएको थियो। हालै, रविले पनि सामाजिक सञ्जाल मार्फत दर्शकको माग अनुसार गीत गाउँदा यस्तो त्रुटी भएको स्पष्टिकरण दिएका थिए।

 

 



'जिन्दगी नै परिवर्तन भएको छ' : रवि ओड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट