PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सशस्त्र प्रहरीका असई चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर



पहिलोपोस्ट

सशस्त्र प्रहरीका असई चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवारत रहेको उजुरी छानबिनपछि अख्तियारले मुद्दा दायर गरेको हो।

चन्दले सहायक निरीक्षकमा नियुक्तिका क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ। नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिई लाभ तथा सुविधा समेत लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

मुद्दा दर्तासँगै उनी स्वतः निलम्बनमा परेका छन्। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) को कसुरमा मुद्दा चलाइएको हो।

कसुर ठहर भएमा उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell