PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

असइमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

असइमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौः महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले ठगी गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ।

प्रहरीले नवराज भण्डारी भन्ने एक युवकलाई नियन्त्रणमा लिएको हो। भण्डारीले विभिन्न व्यक्तिलाई प्रहरीमा(असइ) जागिर लगाइदिने भन्दै ठगी गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने, 'मेरो माथिसम्म पावर छ। प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएका हौँ।‘

भण्डारीले उदयकान्त साह भन्ने व्यक्तिबाट जागिर लगाइदिने भन्दै ७० हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको छ। नियन्त्रणमा लिएका भण्डारीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell