PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अरुण तेस्रो आयोजनाको विद्युत् गृहमा बम विस्फोट



अरुण तेस्रो आयोजनाको विद्युत् गृहमा बम विस्फोट
फाइल फोटो: Sunita Gurung

खाँदबारी: संखुवासभामा निमार्णाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समुहले बम विस्फोटन गराएको छ। 


बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम सारुमगर घटनास्थल पुगेका छन्। 

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताए। घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ। 

बम बिस्फोट गराउने समुह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ। सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत बिवरण आइसकेको छैन। (रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell