PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहेको दुई वर्षमै द्वन्द्वमा श्रीमान गुमाएकी गोमाको पीडा, ‘मिर्गौला फेल भयो, पेन्सनले के पुग्थ्यो?’ 



एम बम

बिहेको दुई वर्षमै द्वन्द्वमा श्रीमान गुमाएकी गोमाको पीडा, ‘मिर्गौला फेल भयो, पेन्सनले के पुग्थ्यो?’ 

नाम: गोमादेवी वोहरा 
बैंक: नेपाल बैंक लिमिटेड 
खाता नम्बर: १३७१०१००१६७३८७०००००१ 

विगत १७ बार्षदेखि गोमा देवीको साहरा बनेको बैंक खाता। नेपाल प्रहरीमा जागीरे श्रीमान नृप बहादुर वोहराले सशस्त्र द्वन्द्वमका क्रममा २०५८ सालमा शहादत प्राप्त गरे। उनका नाममा यो बंैक खातमा आउने रकमले गोमा देविको आर्थिक जोहो टरेको थियो। 


०५८ साल फागुन ४ गते तत्कालिन माओवादीले अछाम मंगलसेनमा गरेको आक्रमणमा परेर प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधाराण गरी एक सय २५ जनाको ज्यान गयो। सोही घटनामा वोहरा पनि परे।


१७ बर्षको उमेरमै विहे गरेकी गोमा देवी बोहराले विहे गरेको २ बर्षमै श्रीमान गुमाइन्। तेतिबेलादेखिनै डेढ बर्षकी छोरी र ८ महिनाको छोराको पालन पोषणका लागि शुरु भएको गोमा देवीको संघर्षले १६ बर्षपछि २०७४ सालमा अर्को मोड लियो।  


श्रीमानको शहादत पछि अस्तव्यस्त बनेको उनको जीवनशैलीले २०७४ सालमा स्वस्थ्यलाईनै अस्तव्यस्त बनाइदियो। स्वास्थ्यमा निरन्तर समस्या आउनथालेपछि जाँच गराउँन जाँदा डाक्टरले दुबै मृगौला बिग्रीसकेको बताए। 


सरकारले श्रीमानका नाममा पेन्सन दिने गरेको १० हजार राहतले उनको सहाराको भूमिका निभाएको थियो। तर मृगौला फेल भएपछि भने अहिले उनी आफ्नै सहयोगका लागि अर्को संघर्षमा छिन्। श्रीमान वितेपछि उनको सहाराका नाममा श्रीमानको पेन्सन आउने एउटा बैंक खाता मात्रै थियो। जेनतेन गुजारा चलेकै थियो। 


तर मृगौला बिग्रीएपछि भने अहिले गोमा देवीको परिवारमा आर्थिक संकट शुरु भएको छ। कसैले सहयोग वापत दिएको रकम पनि त्यसै बैंक खातामा आउँछ। गोमा देवीले भनिन् ‘भोलि के हुने हो थाहा छैन। आजसम्म यो बैंक खाताकै भरमा जसरीतसरी गुजारा चलेको छ।’ 


‘भोलि आउँछु भनेका श्रीमानको खुट्टा मात्रै आइपुग्यो’ 


२०५८ सालमा उनको कैलालीको साँडेपानी गाविसमा वसोवास थियो। फागुन ५ गते श्रीमानको जिल्ला प्रहरी कार्यालयमा सरुवा हुने खबरले परिवारमा सवै खुसी। ४ गते दिउँसो फोन गरेर भोली आउँ भनेका श्रीमानको सोही दिन राती माओवादीसँग मुडभेड भयो भन्ने खबर घरमा आइपुग्यो। दोस्रो दिन १२ बजे श्रीमानको मृत्यु भएको खबर। 


त्यसपछि गोमादेवीले होस गुमाइन्। माइती घर लगियो। उपचार पछि होस आयो। ७ गते श्रीमानको खुट्टा एसपी कार्यालयमा आइपुगेको खबर आयो। 


तर उनलाई त्यो हेर्न मन भएन। उनलाई बाँच्न मन नभएर पनि एक छोरी र छोराको न्यास्रोले अरु विकल्प रोज्न दिएन। त्यसपछि उनले छोराछोरीको भविष्य उज्यालो बनाउन लागि संघर्षसंग सहकार्य गर्न थालिन्। 


श्रीमान गुमाएपछि परिवार पनि गुमाउनु पर्‍यो


गोमा देवीका श्रीमानको मृत्यु भएपछि उनलाई परिवारका अरु सदस्यले पनि मन पराउन छोडे। तत्कालिन समसयमा सरकारले कैलालीको धनगढी उपमहानगरपालिका १ शिवनगरमा उनको वसोवासका लागि घडेरी र घरको जोह गरिदियो। अहिले उनीसँग भौतिक सम्पत्ति सरकारले दिएको तेही एक घर छ। परिवारका अरु सदस्यले उनको वास्ता पनि गर्दैनन्। 


छोराछोरीको पढाइ र आफ्नो अस्वस्तताले अहिले परिवारमा आर्थिक सकस शुरु भएको गोमादेवीले बताइन्। आर्थिक अभावलेनै गत बर्षबाट उनको छोरीको स्नातक तहको पढाई पनि अवरुद्ध भएको छ। छोरो कक्षा १२ मा अध्ययनरत छ। उनको कक्षा १२ सम्मको पढाई पनि कसरी पुरा गर्ने भन्ने चिन्ता गोमा देविलाई छ। 


मिर्गौला उपचार कसरी गर्ने?


छोराछोरी भर्खरकै छन्। डायलायसिसका लागि काठमाडौं जानुपर्ने भएकाले मासिक ३० हजार बढी खर्च आउँछ। उमेरले ३४ मात्रै छोएकी गोमा देविदेवीलाई आफ्नो भन्दा छोराछोरीको बढी पिरलो छ। 


डाक्टरले मिर्गौला प्रत्यारोपणका लागि ३० लाख जति खर्च लाग्ने बताएका छन्। अहिलेकै अवस्थामा उनका लागि यो असम्भव छैन। तर पनि उनी संघर्षमा छिन्। सहयोगको अपिल सहित उनी जोसँग पनि बैंक खाता बाँडदै हिड्छन्, ‘म अहिल्यै जिन्दगी गुमाउन चाहन्नँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell