PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

आइसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको २ वर्षको तलव


पहिलोपोस्ट

आइसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको २ वर्षको तलव

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टिमको दुई वर्षको तलव निकासा गरेको छ।

सन् २०१६ देखि नेपाली क्रिकेट टिमका खेलाडीले तलव पाएका थिएनन्। शनिवार आइसीसीले राष्ट्रिय खेलकुद परिषद्को बैंक एकान्टमा दुई वर्षको एकमुष्ट तलव जम्मा गरिदिएको छ।

आइसीसीले नेपाली रुपैयाँ १ करोड २७ लाख १८ हजार ७८२ जम्मा गरिदिएको हो।

केही समयअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले खेलाडी तलव पठाउनका लागि आइसीसीसँग कुरा गरेको र आइसीसीले छिट्टै तलव निकासा गर्ने बताएका थिए।

त्यसै अनुसार आइसीसीले तीन समूहमा वर्गिकरण भएको नेपाली क्रिकेटरको तलब एकैपटक पठाएको हो।

तलव वितरणका लागि राष्ट्रिय टिमका कप्तान जगत टमाटा र कप्तान पारस खड्काको सल्लाहमा २१ खेलाडीलाई तीन समूहमा वर्गिकरण गरिएको थियो।

जसअनुसार समूह ए मा कप्तान पारस खड्मा, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, सन्दीप लामिछाने, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरी छन्। उनीहरुको मासिक तलव ३५ हजार रहेको छ।

यस्तै समूह बी मा शक्ति गौचन, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, अनिल कुमार शाह, ललित भण्डारी र ललित नारायण राजवंशी छन्। यस समूहका खेलाडीले मासिक २५ हजार पाउनेछन्।

समूह सी मा सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी, दिलिप नाथ, सुनिल धमला, सुशन भारी र किशोर महतो छन्। यस समूहका खेलाडीले मासिक १५ हजार पाउनेछन्।

समूह ए मा रहेका खेलाडीले दुई वर्षको एकमुष्ट ८ लाख ४० हजार समूह बी मा रहेकाले ६ लाख हात पार्नेछन्। यस्तै समूह सी मा रहेकाले ३ लाख ६० हजार प्राप्त गर्नेछन्।

 



आइसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको २ वर्षको तलव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट