PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

हेर्नुस् जब हिउँले छोप्यो सेताम्मे बनाउँदै

हेर्नुस् जब हिउँले छोप्यो सेताम्मे बनाउँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हिमाली क्षेत्र र उच्च पहाडहरुमा दुई दिनदेखि हिउँ परेको छ। उच्च हिमाली क्षेत्रमा हिउँले जनजीवन पूर्ण प्रभावित बनाएको छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको प्रभाव परेको छ। हिमपातले जनजीवन प्रभावित बनाइरहँदा कतै भने त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ। हेर्नुस् फोटोहरु :

हुम्लामा शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु। तस्वीर : दाने बोहरा हुम्ला/ रासस
हिमाली जिल्ला मुस्ताङको जोमसोम बजारमा हिउँ। फोटो : निरज थकाली/रासस
बागलुङको थामा, नेटामा हिउँमा रमाउँदै आन्तिरक पर्यटक। फोटो : सुवास गौतम/रासस
सेताम्मे भएको मुगुको सदरमुकाम गमगढी। फोटो : नृपेन्द्रबहादुर मल्ल/रासस
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक हिमपातका कारण अवरुद्ध हुँदा। फोटो : नृपेन्द्रबहादुर मल्ल/रासस
सिन्धुपाल्चोकको मेलम्ची–९ ज्यामिरेको गुफाडाँडामा सेताम्मे हिउँ। फोटो : देवराज सुवेदी/रासस


ट्रेन्डिङ पोस्ट