PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

वीर गणेशमान स्मृति बक्सिङ : आर्मी टिम च्याम्पियन, आर्मीकै सुशील र दिवाना उत्कृष्ट खेलाडी


पहिलोपोस्ट

वीर गणेशमान स्मृति बक्सिङ : आर्मी टिम च्याम्पियन, आर्मीकै सुशील र दिवाना उत्कृष्ट खेलाडी

काठमाडौं : त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरे। दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे।

वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो। शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो।

पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते। सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कांस्य पदक हात पारे।

५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते। सोहि समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रा भए।

आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे। प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कांस्य पाए।

पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे। त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए।

पुलिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते। आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कांस्य पदकमा चित्त बुझाए।

६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे। सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सिमित भए।

७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दिपक श्रेष्ठलाई वाकओभर दिए। प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रा भए।

आर्मीका रवी सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउण्डमा नै नकआउट गरे। प्रदेश ७ का हिक्मत बहादुर शाही र प्रदेश ४ का सुसन पुनले कांस्य प्राप्त गरे।

वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म वसन्तपुर डबलीमा चलेको प्रतियोगितामा प्रत्येक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे। उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गरे। विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेपमा उच्च पदस्थ अधिकारी, विभागीय टोलीका खेलकुद प्रमुख लगायतले पुरस्कृत गरेका थिए।



वीर गणेशमान स्मृति बक्सिङ : आर्मी टिम च्याम्पियन, आर्मीकै सुशील र दिवाना उत्कृष्ट खेलाडी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट