PahiloPost

Apr 24, 2019 | ११ बैशाख २०७६

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो


पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो

पउल पोग्वाले दुई गोल गरेपछि फुलहमलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ।

शनिवार भएको खेलमा युनाइटेडले फुलहमलाई उसैको मैदानमा हरायो। युनाइटेडको जितमा पोग्वाले १४औँ र ६५औँ मिनेटमा गोल गरे भने एन्टोनी मार्सिएलले २३औँ मिनेटमा गोल गरे।

नयाँ म्यानेजर ओले गनर सोल्सायरले प्रशिक्षण सम्हालेयता प्रिमियर लिगमा अपराजित रहेको युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाउदै लगेको छ।

जितपछि २६ खेलबाट ५१ अंक जोडेको युनाइटेडले चेल्सीलाई एक अंकले पछि पारेको हो। एक खेल कम खेलेको चेल्सी ५० अंकसहित पाँचौमा झरेको छ। चेल्सीले आइतवार दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।



प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट