PahiloPost

Apr 24, 2019 | ११ बैशाख २०७६

ला लिगा : मड्रिड डर्बीमा एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो


पहिलोपोस्ट

ला लिगा : मड्रिड डर्बीमा एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो

स्पानिस ला लिग अन्तर्गत शनिवार भएको मड्रिड डर्बीमा एट्लेटिकोलाई पराजित गर्दै रियल मड्रिड दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा रियलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको एट्लेटिकोलाई ३-१ ले हरायो।

खेलको १६औँ मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएको थियो। २५औँ मिनेटमा एन्टोनी ग्रीजमन घरेलु टोलीका लागि बराबरी गोल फर्काए। तर ४३औँ मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान सर्गियो रामोसले गोल गरेपछि रियलले पहिलो हाफमा २-१ को अग्रता बनायो।

७४औँ मिनेटमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गारेथ बेलले गोल गरेपछि रियलले ३-१ को अग्रता बनाएको थियो। ८०औँ मिनेटमा थोमस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि एट्लेटिको दश खेलाडीमा झरेको हो।

जितपछि रियलले २३ खेलबाट ४५ अंक जोडेको छ भने समान खेलबाट एट्लेटिकोको ४४ अंक छ। एक खेल कम खेलेको बार्सिलोना ५० अंकसहित शीर्ष स्थानमा छ।



ला लिगा : मड्रिड डर्बीमा एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट