PahiloPost

Aug 25, 2019 | ८ भदौ २०७६


बीबीएल : अन्तिम लिग खेलमा सन्दीप स्टार्सको पहिलो रोजाईँमा, सेमिफाइनल पुग्न सिक्सर्सलाई हराउनैपर्ने


पहिलोपोस्ट

बीबीएल : अन्तिम लिग खेलमा सन्दीप स्टार्सको पहिलो रोजाईँमा, सेमिफाइनल पुग्न सिक्सर्सलाई हराउनैपर्ने

अष्ट्रेलियामा भइरहेको बिग बास लिग बीबीएल ८ अन्तर्गत आज अन्तिम लिग खेल हुँदैछ। यस खेलबाट सेमिफाइनल पुग्ने चौथो टिमको टुङ्गो लाग्नेछ।

नेपाली खेलाडी सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्सले मस्ट विन खेलमा आज सिड्नी सिक्सर्ससँग खेल्दैछ।

उक्त खेलका लागि सन्दीप पहिलो रोजाईँमा परेका छन्। स्टार्सले शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने बाध्यता छ। यसअघि ब्रिसवन हिटसँग १० विकेटले पराजित भएपछि स्टार्स अंकतालिकामा पाँचौ स्थानमा झरेको छ।

आजको खेलका लागि सिक्सर्सले ब्याट फ्लिप जितेर बलिङ रोजेपछि सन्दीपको टिम स्टार्सले पहिले ब्याटिङ गर्दैछ। खेल नेपाली समयअनुसार ९:३० बजे सुरु हुनेछ।

यदी स्टार्स सिक्सर्ससँग पराजित भए चौथो स्थानमा रहेको ब्रिसवन हिट सेमिफाइनल पुग्नेछ। लिगको सबै १४ खेलपछि हिट र सिड्नी थण्डरको समान १३ अंक भएपनि रनरेटका आधारमा हिट अगाडी रहेको छ।

थण्डरसँगै साविक विजेता एडेलेइड स्टारइकर्स र पर्थ स्कोर्चर्स भने लिगबाटै बाहिरिसकेको छ। होबार्ट हुरिकेन, सिक्सर्स र मेलवर्न रेनेगाड्स भने सेमिफाइनल पुगिसकेका छन्।



बीबीएल : अन्तिम लिग खेलमा सन्दीप स्टार्सको पहिलो रोजाईँमा, सेमिफाइनल पुग्न सिक्सर्सलाई हराउनैपर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट