PahiloPost

Aug 25, 2019 | ८ भदौ २०७६


रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबारः म्यानपावरमा काम गर्ने कर्मचारीको कोठामा १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट


पहिलोपोस्ट

रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबारः म्यानपावरमा काम गर्ने कर्मचारीको कोठामा १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट
फाइल फोटो

काठमाडौँ: काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरी निरीक्षक  मोहन विक्रम केसीले जानकारी दिए।

नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन्। प्रहरीले कुँवरको दराजबाट एक हजार दरका ११ वटा र मियाँको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो। मियाँको खोजी भइरहेको निरीक्षक केसीले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नक्कली नोट बजारमा पठाएको हुन सक्ने भएकाले नोटको कारोबार गर्दा ध्यान दिनसमेत अनुरोध गरेको छ।

गत कार्तिममा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मच्छेगाँउबाट कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्नेलाई पक्राउ गरेको थियो। प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटका लागि आवश्यक कागज र नक्कली नोटसमेत बरामद गरेको छ। प्रहरीले उनीहरूबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको थियो।

प्रहरीले मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ,२५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा,२८ वर्षीय राज श्रेष्ठ र २९ वर्षीय विकास दोचेलाई पक्राउ गरेको थियो।

त्यस्तै गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उच्च अदालत पाटनको आदेश अनुसार २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्।



रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबारः म्यानपावरमा काम गर्ने कर्मचारीको कोठामा १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट