PahiloPost

Aug 25, 2019 | ८ भदौ २०७६


'सारेगमप लिटल च्याम्प'मा प्रितम आचार्यको तारिफ, स्टेजमा देखिन्छन् नेपाली टोपीमा


पहिलोपोस्ट

'सारेगमप लिटल च्याम्प'मा प्रितम आचार्यको तारिफ, स्टेजमा देखिन्छन् नेपाली टोपीमा

काठमाडौं : भारतको चर्चित गायन रियालिटी सो 'सारेगमप लिटल च्याम्प'मा नेपालबाट बाल गायक प्रितम आचार्य सहभागी छन्। अडिसन राउण्डदेखि नै उनले आफ्नो गायकीबाट दर्शक अनि निर्णायकको मन जितेका छन्।

स्टेजमा उनको आफ्नै शैली छ। उनी नेपाली टोपी पहिरेर हिन्दीमा गाउँछन्। हालै, सोमा प्रितमले 'सन्देशे आते है'बोलको गीत गाउँदा स्टेजमै सबैले उनलाई काँधमा बोके। निर्णायक सान प्रितमको आवाज सुनेर चकित पनि भएका थिए। प्रितमको गीत सुनेपछि निर्णयाक ऋचा शर्माले भनिन् 'धेरै सिक्नु छ उसलाई। यो मञ्च उसको लागि बनेको हो। उसले आफ्नो गायनबाट धेरै अघि बढ्नु छ।'

त्यस्तै अर्का निर्णायक अमाल मलिकले गीत सुनेर आफू भावुक भएको सुनाए। उनले भने 'उसले गीत गाएको १५ सेकेण्डमा मेरो आँखा भरियो। उसको आवाज यत्ति राम्रो छ कि त्यही आवाजले नै उसलाई अघि लान्छ।'

११ वर्षीय प्रितम इटहरीका हुन्। पछिल्लो समय 'सारेगमप'मा सहभागी हुन उनले कडा परिश्रम गरेका थिए। यसअघि गायिका मेनुका पौडलले 'सारेगमप'को शीर्ष ११ को यात्रा तय गरेकी थिइन्। उनको आवाजलाई पनि निर्णायकले निकै रुचाएका थिए। पौडेलल त फेरि उक्त रियालिटी सोमा नै जाने तयारी रहेको पहिलोपोस्टलाई बताएकी थिइन्।



'सारेगमप लिटल च्याम्प'मा प्रितम आचार्यको तारिफ, स्टेजमा देखिन्छन् नेपाली टोपीमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट