PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

महाधिवेशन गर्न नसकेपछि राजीनामा दिँदै नेविसंघ अध्यक्ष नैनसिंह महर


महाधिवेशन गर्न नसकेपछि राजीनामा दिँदै नेविसंघ अध्यक्ष नैनसिंह महर

काठमाडौं: नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन्। आज पार्टीको केन्द्रीय कार्यालयमा पुगी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउन तयारीमा रहेको नेविसंघले जनाएको छ।

१२ औं महाधिवेशनको म्याद गुज्रेपछि महरले राजीनामा बुझाउन लागेका हुन्। मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजीकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न दुई महिना समयावधि थप गरेको थियो। गत साउनमा महाधिवेशनको समय तोकिए पनि उक्त समय महाधिवेशन हुन सकेन। त्यसपछि पुसको २८, २९ र ३० गतेका लागि  तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पार्टीभित्रै महरको राजीनामा मागिएको थियो।

थपिएको म्याद पनि गुज्रिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले महरले पदबाट राजीनामा दिएर महाधिवेशनको बाटो खुल्ला गर्न आग्रह गरेका थिए। सोही बमोजिम महरले अध्यक्षबाट राजीनामा दिन लागिएको बताइएको छ। अहिले कांग्रेस केन्द्रीय समिति जारी छ।  

उमेर हदबन्दीका कारण असन्तुष्ट विद्यार्थी नेताहरुले महाधिवेशन बिथोल्ने प्रयास गर्दै आएका थिए। राजीनामा बुझाएपछि तदर्थ समिति गठन हुने र त्यसैबाट महाधिवेशन आयोजक समिति गठन हुने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले जानकारी दिए। तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने जोशीले बताए।  



महाधिवेशन गर्न नसकेपछि राजीनामा दिँदै नेविसंघ अध्यक्ष नैनसिंह महर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट