PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

म्यानमार सेनामाथि मानव अधिकार उल्लंघन गरेको आरोप


म्यानमार सेनामाथि मानव अधिकार उल्लंघन गरेको आरोप
फोटो : REUTERS

रखाइन : म्यानमार सेनामाथि मानव अधिकार उल्लंघन गरेको आरोप लागेको छ।

म्यानमारको रखाइन प्रान्तमा रखाइन विद्रोही (अराकन आर्मी) समूह र सेनाको युद्धबीच फसिरहेका रोहिंग्याहरुलाई त्यहाँको सेनाले मानविय सहायता र खाद्यान्न ढुवानी नगरेको एमनेष्टी इनटरनेश्नलले जनाएको छ।

दुई समूहको युद्धका कारण हजारौं मानिसहरु त्यहाँबाट पलायन भइसकेका छन्। सन् २०१७ मा लडाकू समूह विरुद्ध अपरेसन गर्ने नाममा सेनाले रखाइन प्रान्तमा हस्तक्षेप गरेको थियो। जसमा धेरै  मुस्लिम समुदायका मानिसहरुको मृत्यु भएको थियो। पलायन भएका रोहिंग्याहरु बंगलादेश, भारत नेपाल लगायत एसियाली राष्ट्रहरुमा शरण लिइरहेका छन्।

अराकन आर्मीलाई नियन्त्रण लिने नाममा सरकारी सेनाले त्यहाँका रोहिंग्याहरु विरुद्ध कडा प्रतिबन्ध लगाएको समेत आरोप लगाइएको छ।

गत जनवरीमा विद्रोहीहरुले एक प्रहरी पोस्टमा आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको थियो। त्यसपछि सेनाले त्यहाँ कारवाही अघि बढाएको बताइएको छ। 



म्यानमार सेनामाथि मानव अधिकार उल्लंघन गरेको आरोप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट