PahiloPost

Jul 19, 2019 | ३ साउन २०७६


बहराइनका शरणार्थी फुटबलर हकिमलाई रिहा गर्ने थाइल्यान्ड अदालतको निर्णय


बहराइनका शरणार्थी फुटबलर हकिमलाई रिहा गर्ने  थाइल्यान्ड अदालतको निर्णय
फोटो : AFP

बैंकक : थाइल्यान्डले  बहराइनका शरणार्थी फुटबलरलाई रिहा गर्ने भएको छ। बहराइनले हकिम अल अराइबीलाई सुपुदुर्गी गर्न गरेको आग्रह फिर्ता लिएपछि अदालतले उनलाई रिहा गर्ने फैसला गरेको बताइएको छ।

२५ वर्षे हकिमलाई नोभेम्बरमा पक्राउ गरिएको थियो।

हकिमलाई सन् २०१४ मा एक प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा बहराइनमा १० वर्षको कैद सुनाइएको थियो।

बहराइनले हकिमले फर्केर उक्त जेल सजायको पुरा गर्नुपर्ने बताउँदै आएको छ। तर उनले भने आफूमाथि लगाइएका उक्त आरोपहरु खण्डन गर्दै आएका छन्।

बहराइनले उनीविरुद्ध इन्टरपोल नोटिस जारी गरेपछि 'हनिमुन ट्रिप' मा रहेका उनलाई नोभेम्बरमा बैंकक विमानस्थलमा पक्राउ गरिएको थियो।

फेब्रुअरी ४ मा भएको सुनुवाइका क्रममा अराइबीले अदालतमै आफूलाई बहराइन फिर्ता नपठाउन आग्रह गरेको बताइएको छ।

बहराइनले इन्टरपोलमा गरेको आग्रह फिर्ता लिएपछि थाइल्यान्डको अदालतले फुटबलरविरुद्ध लगाइएका मुद्दाहरु फिर्ता लिने निर्णय गरेको बताइएको छ।

बहराइन राष्ट्रिय टोलीबाट फुटबल खेलेका अरबीले २०१७ मा शरणार्थीको मान्यतापाए पछि मेलबर्नको पासको भेलबाट फुटबल खेल्दै आएका थिए।  

अदालतले उनलाई आजै रिहा गर्ने आदेश दिइएको अधिकारीहरुले बताएका छन्।



बहराइनका शरणार्थी फुटबलर हकिमलाई रिहा गर्ने थाइल्यान्ड अदालतको निर्णय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट