PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

तीन वर्षीया बालिका अपहरण, केही घण्टामै अपहरणकारी प्रहरी फन्दामा


पहिलोपोस्ट

तीन वर्षीया बालिका अपहरण, केही घण्टामै अपहरणकारी प्रहरी फन्दामा

काठमाडौँः दाङ प्रहरीले तीन वर्षीया बालिका अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले अपहरणको अभियोगमा सोमबार दिउँसो  घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।

चौधरीले सोमबार दिउँसो घोराही उप-महानगरपालिका १४ कपासीमा डेरा गरी बस्ने अस्मिता शाहीकी छोरी अपहरण गरेको खबर प्रहरीले पाएको थियो। चौधरीले अपहरण गरी फरार रहेको जानकारी पाएपछि जिल्लाका सम्पूर्ण नाकाहरूमा सुरक्षा टोली परिचालन गरी खोजतलास गर्दा रतनपुर चोकबाट बालिकालाई सकुशल उद्धार गरिएको डिएसपी मगरले बताए।

चौधरीलाई अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।



तीन वर्षीया बालिका अपहरण, केही घण्टामै अपहरणकारी प्रहरी फन्दामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट