PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६

कुटनीतिक तनाव बढ्दै गर्दा जोमसोमको हिँउमा नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास

कुटनीतिक तनाव बढ्दै गर्दा जोमसोमको हिँउमा नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास


काठमाडौं: भेनेजुएला प्रकरणले नेपाल र अमेरिकाबीच कुटनीतिक तनाव बढिरहेका बेला नेपाली सेना र अमेरिकी सेनाबीच नेपालमै सैन्य अभ्यास भएको छ।

नेपालमा मौसम बदली भइ हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहँदा दुई देशका सेनाहरु यही हिमपातकाबीच पहाडी इलाकामा सैन्य अभ्यास गरेका हुन्।

नेपाली सेनाको काठमाडौं छाउनीस्थित महावीर रेन्जर रेजिमेन्ट र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारीहरु संयुक्त अभ्यास गरेका हुन्।

दुई देशका सेनाबीच हिमपहिरो सेफ्टी, ग्लासियर ट्रेनिङ भएको हो। अमेरिकी दूतावासले संयुक्त सैन्य तालिमका तस्विर राख्दै संयुक्त तालिमले १५ वर्ष देखि दुई देशबीचको सैन्य साझेदारीलाई मजबुद बनाएको जनाएको छ। उसले यस्ता तालिमले नेपाल अमेरिकी सैन्य सम्बन्धलाई थप सौहार्दपूर्ण र मजबुद बनाएको अमेरिकी दूतावासले जनाएको छ।

जोससोममा भएको सैन्य अभ्यासमा नेपाली सेनाका ४१ र इन्डो प्यासिफिक कमान्डका ७ जना सैन्य अधिकारी सहभागी भएका थिए। यस्तो अभ्यास प्रत्येक वर्ष हुँदै आएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जनाए।



ट्रेन्डिङ पोस्ट