PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

जाँदाजाँदै नैनसिंह महरले वडाध्यक्षमा पराजित अधिकारीलाई थमाए सिन्धु नेविसंघको अध्यक्ष भएको पत्र


जाँदाजाँदै नैनसिंह महरले वडाध्यक्षमा पराजित अधिकारीलाई थमाए सिन्धु नेविसंघको अध्यक्ष भएको पत्र

  • फूलमान तामाङ-

चौतारा: नैनसिंह महरले नेपाल विद्यार्थी संघको अध्यक्षबाट राजीनामा दिएकै दिन सिन्धुपाल्चोकको नेविसंघको अध्यक्ष फेरिएको सुचना जारी गरेका छन्। पुस १७ गतेको मिति राखेर महरको हस्ताक्षरसहितको पत्रमा बासुदेव अधिकारीलाई रिक्त रहेको अध्यक्षमा जिम्मेवारी दिइएको जनाएको छ।

सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिलाई बोधार्थ उल्लेख गर्दै जिल्ला अध्यक्षमा रिक्त रहेको पदमा बासुदेव जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

नेविसंघका जिल्ला अध्यक्ष दावा लामाले भने यसबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए। अध्यक्ष लामाले भने, 'नेविसंघको जिल्ला अध्यक्ष म हुँ। अहिले म अधिवेशनको तयारीमा छु।'

पुसमा जारी गरेको पत्र जिल्ला पार्टी कार्यालयमा पुग्यो कि पुगेन त? पत्र पार्टी कार्यालयमा अहिलेसम्म प्राप्त नभएको कांग्रेस जिल्ला सचिव विलबहादुर तामाङले जनाए।

अधिकारीले आर्थिक चलखेल गरी महरबाट उक्त पत्र लिएको हुनसक्ने नेविसंघ सिन्धुपाल्चोकले जनाएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापतिसमेत रहेका अधिकारी स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिका वडा ७ मा कांग्रेस उम्मेदवार थिए। उनी नेकपा माओवादीका उम्मेदवार वीरबहादुर तामाङसँग पराजित भएका थिए। 

यता पटकपटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि महरले आजै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन्। सभापति देउवाले उनको राजीनामा स्विकृत गरिसेकका छन्। 

राजीनामा दिइसकेका अध्यक्षले जारी गरेको पत्र मान्य नहुनेसमेत नेविसंघ सिन्धुपाल्चोकले जनाएको छ।



जाँदाजाँदै नैनसिंह महरले वडाध्यक्षमा पराजित अधिकारीलाई थमाए सिन्धु नेविसंघको अध्यक्ष भएको पत्र को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट