PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, चलाक फरार



सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, चलाक फरार
फोटो: Sanjeev Raut

काठमाडौँ: सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। 

आज बिहान करिब साढे ५ बजे कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो। कार्की डिएचएलमा लोडरको रुपमा कार्यरत थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा संलग्न बसलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ। चालक भने अझै फरार रहेको एसएसपी पन्तले जनाए। 

मृतक कार्कीकी श्रीमती भने मिर्गौला फेल भएर उपचार गराइरहेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell