PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अब स्वास्थ्य मन्त्रालयमा जुनसुकै सेवाका पनि सचिव हुन पाउने



अब स्वास्थ्य मन्त्रालयमा जुनसुकै सेवाका पनि सचिव हुन पाउने

काठमाडौं: अब स्वास्थ्य मन्त्रालयमा सचिव हुन स्वास्थ्य सेवाबाट नै आएको हुनुपर्ने मान्यता हटेको छ। प्रशासन तथा अन्य सेवाबाट आएकाहरु पनि अब स्वास्थ्य मन्त्रालयमा सचिव हुन सक्नेछन्। सचिव सरुवा र पदस्थापनमा सेवाको समूहीकरण (क्लस्टर) हटाउन सरकारले प्रस्ताव गरेसँगै स्वास्थ्यकर्मी सचिव अरु मन्त्रालयमा सरुवा भएर जानसक्ने र अरु सेवाका सचिवहरु स्वास्थ्य मन्त्रालयमा आउन सक्ने बाटो खुलेको हो।

 

यसअघि स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहका स्वास्थ्य सचिव केदारबहादुर अधिकारीलाई सरुवा गर्दा विरोध भएको थियो। स्वास्थ्य स्पष्ट रुपमा क्लष्टरमा नभएपनि सर्वोच्चले अन्तरिम आदेश दिएर उनलाई स्वास्थ्यमै फर्काइदिएको थियो।

 

संघीय संसद् सचिवालयमा दर्ता भएको ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सचिव बढुवामा क्लस्टर लागू भएपनि कानून बाहेकका सचिवको सरुवा र पदस्थापनमा सोही सेवा समूहकै हुनुपर्ने छैन।

 

विधेयकमा खुला प्रतिस्पर्धाबाट सहसचिव (११औँ) तह हुने व्यवस्थासमेत हटाइएको छ। त्यस्तै कर्मचारीलाई जम्मा दुई तहमा विभाजन गरिएको छ। पाँचौभन्दा तल्ला तहकालाई सहायक र छैठौँदेखि १२औँ तहसम्मलाई अधिकृत तह प्रस्ताव गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell