PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

सिंगापुरमा महिला कामदारमाथि दुर्व्यवहारको आरोपमा दम्पतीलाई जेल सजाय


सिंगापुरमा महिला कामदारमाथि दुर्व्यवहारको आरोपमा दम्पतीलाई जेल सजाय
फोटो : TODAY/Koh Mui Fong

सिंगापुर : सिंगापुरमा घरमा काम गर्ने महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक दम्पतीलाई जेल सजाय सुनाइएको छ।

दम्पतीमध्ये श्रीमतीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। ३९ वर्षीय लिन्डा सिएले घरमा काम गर्दै आएकी फुयु मारलाई काम गर्न ढिलो गरेको भन्दै दुर्व्यवहार गरेको जनाइएको छ। 

यस्तै उनका ४४ वर्षे श्रीमान लिम टुन लेङलाई ६ हप्ताको जेल सजाय सुनाइएको छ। उनले ती महिलालाई निधारमा प्रहार गरेको आरोप लगाइएको थियो।

उनले घरमा काम गर्ने मारलाई तातोपानी आफैमाथि खन्याउन लगाएको, कपाल नझरुन्जेल तानेको र शाररीक हिंसा गरेको आरोप लागेको थियो।

यसका साथै उनले ती महिलाईलाई भुँइ सफा गर्न प्रयोग हुने रसायन युक्त क्लिनर पिउन बाध्य बनाएको अदालतले ठहर गरेको छ। लिन्डाले मारलाई मोबाइलले टाउकोमा प्रहार गरेको समेत खुलेको छ।

सिंगापुरको जिल्ला अदालतमा सुनुवाइका क्रममा न्यायाधिश ओलिभिया लोले लिन्डा आफ्नी कामदारको काम देखेर असन्तुष्ट रहेपनि त्यस क्रममा भएको हिंसाले उनको कार्यलाई सही नठहरयाउने फैसला गरेकी हुन्।

लिन्डालाई जेल सजायसहित ९ हजार सिंगापुर डलर जरिवाना तिर्न आदेश दिइएको छ।



सिंगापुरमा महिला कामदारमाथि दुर्व्यवहारको आरोपमा दम्पतीलाई जेल सजाय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट