
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक होटलमा आगलागी हुँदा एक बालक सहित १७ जनाको मृत्यु भएको छ।
अति व्यस्त मानिने करोलबागमा रहेको अर्पिट प्यालेस होटलमा लागेको आगो हाल नियन्त्रणमा आइसकेको अधिकारीहरुले बताएका छन्।
होटलबाट ३५ जनाको उद्धार गरिएको अग्नी नियन्त्रकहरुले जनाएका छन्।
विवाह समारोहमा सहभागी हुन आएकाहरुका लागि ती होटलमा कोठा बुक गरिएको बुझिएको छ।
सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।