PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

भेनेजुएलाबारे बोलेर पार्टीले ठीक गर्‍यो, सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्‍यो : बिडारी


भेनेजुएलाबारे बोलेर पार्टीले ठीक गर्‍यो, सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्‍यो : बिडारी

काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले भेनेजुएला प्रकरणमा पार्टी र सरकारले बोलेर ठीक गरेको बताएका छन्। आजको राष्ट्रिय सभामा विशेष समयमा उनले यस्तो भनाइ राखेका हुन्।

जनतालाई भ्रममा राख्न नहुने उल्लेख गर्दै उनले भने, 'जनतालाई थाहा दिनुपर्‍यो। भ्रममा राख्न भएन। जनतामा भ्रम पठाइयो। असलंग्न राष्ट्र हाम्रो देश नेपालले संसारको कुनै पनि देशमा शोषकले हस्तक्षेप गरे नेपालले बोल्छ। नेपालको परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जे बोल्यो ठीक बोल्यो। अन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुदैन।'

बिडारीले यस्तो अन्यायको बेला कम्युनिस्ट पार्टीले बोल्ने दाबीसमेत गरे। भने, 'जनताको जनमत संसारको कूनै पनि मुलुकमा अन्याय भयो भने कम्युनिष्टहरु बोल्छन्। अरु चुप लागेर दलाली गर्छ। कम्युनिष्टले खबरदारी गर्छ। चलायमान पार्टीको मुख्य कर्तव्य नै हो। पार्टी र सरकारले आआफ्नो तरिकाले बोल्यो।'

त्यसैगरी सांसद बिडारीले त्रिभुन राजपथको समस्यासमेत सदनमा उठाउँदै सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्ने सुझाव दिए। भने, 'सरकार दृष्टिविहिन भयो कि भन्ने पीर लागेको छ। दृष्टिबिहिन भए उपचार गर्नुपर्‍यो। वैकल्पिक राजमार्गमा रहेको आपतकालीन त्रिभुवन राजपथमा नौबिसेदेखि भैसेसम्म खल्डैखल्डा डङरङ डङरङ गरी हिँड्नुपर्ने तलब खाएर बस्न लाज लाग्दैन। चाँडै मर्मत गरियोस।'



भेनेजुएलाबारे बोलेर पार्टीले ठीक गर्‍यो, सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्‍यो : बिडारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट