PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

बीबीसीका क्यामरामेनमाथि ट्रम्प समर्थकको आक्रमण


बीबीसीका क्यामरामेनमाथि ट्रम्प समर्थकको आक्रमण
फोटो : BBC

एल पासो: अमेरिका र मेक्सिकोको सीमामा अवस्थित एल पासो क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सीमामा पर्खाल लगाउने विषयमा सम्बोधन गर्न पुगेका थिए।

ट्रम्पले सम्बोधन गर्दै गर्दा एक जना समर्थकले बीबीसीका क्यामरामेन रोन स्किन्समाथि आक्रमण गरेको बताइएको छ। त्यसपछि अवस्था केही क्षणका लागि तनावपूर्ण बनेको थियो। लगतै रातो क्याप लगाएको समर्थकलाई प्रहरीले कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

रोनका अनुसार ट्रम्प समर्थकले उनलाई पछाडिबाट प्रहार गर्दै उनको क्यामरासमेत खोस्ने प्रयास गरेका थिए।

आक्रमण भएको बेला बीबीसीका वासिङटन निर्माता एलिओनर मोनटागु र वासिङटन संवाददाता ग्रे ओ डोनोग्यु क्यामराअघि रहेको बीबीसीले उल्लेख गरेको छ।

ट्रम्पले रोनमाथि भएको आक्रमण देखेको र पछि उनको अवस्थाका बारे स्टेजबाटै जानकारी लिएको बताइएको छ।

ट्रम्पले संचार माध्यमहरुलाई 'फेक न्यूज' को अखडा र 'जनताको शत्रु' भएको आरोप लगाउँदै आएका छन्। ट्रम्पले उक्त सभामा पनि फेक न्यूजको कुरा गर्दै संचारमाध्यमले आफूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको  मोनटागुले दाबी गरेका छन्।

उनले क्यामरामेनप्रति लक्षित आक्रमणलाई 'हिंसात्मक आक्रमण' को संज्ञा दिँदै ट्रम्पका अभिव्यक्तिहरुले समर्थकहरु संचारमाध्म विरोधी हुँदै गएको बताए।

ट्रम्पका सभामा सहभागी हुने समर्थकहरुले संचारमाध्यमलाई नराम्रो व्यवहार गर्ने गरेको अमेरिकी संचारकर्मीहरु बताउँछन्। हातपात गर्ने, अपशब्द बोल्ने लगायतका गतिविधीमा समर्थकहरु सामेल हुने गरेको उनीहरुको बताउँछन्।

यद्यपि ट्रम्पको तर्फबाट विज्ञप्ती जारी गर्दै ह्वाइट हाउसका संचार निर्देशक एथोनी स्कारामुक्कीले समर्थकबाट हुन यस्ता व्यवहारप्रति खेद व्यक्त गरेका छन्। उनले समर्थकहरुलाई नियन्त्रित भएर कार्यक्रममा सहभागी हुन अपिलसमेत गरेका छन्।



बीबीसीका क्यामरामेनमाथि ट्रम्प समर्थकको आक्रमण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट