PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

साढे दुई करोड धरौटीमा रिहा भए आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का


पहिलोपोस्ट

साढे दुई करोड धरौटीमा रिहा भए आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का

काठमाडौँ : आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन्। 

विशेष अदालतबाट मंगलबार २ करोड ५० लाख रुपैयाँको बैँक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैँक बसिदिएपछि उनी छुटेका हुन्। 

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु नारायणप्रसाद पोखरेल र प्रमोदकुमार श्रेष्ठको इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो

आयोगले अन्य ब्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गरेको थियो। 

अख्तियारको अनुसन्धानमा पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको दावी गरिएको छ। २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारले फेला पारेको थियो। 
 



साढे दुई करोड धरौटीमा रिहा भए आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट