PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

होटल सञ्चालकलाई पेस्तोल तेर्साएपछि असइ नै पक्राउ



होटल सञ्चालकलाई पेस्तोल तेर्साएपछि असइ नै पक्राउ

काठमाडौं: महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले एक प्रहरीलाई पक्राउ गरेको छ।

मंगलवार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत असइ कपिल शाहीलाई पक्राउ गरेको हो। बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा साथीभाइसँग पुगेका शाहीले 'मापसे' गरी होटल सञ्चालकलाई नै पेस्तोल ताकेका थिए। वृत्तका डिएसपी गोविन्द काफ्लेले मदिरा सेवन गरी हतियार बोकेको पाइएकाले सुरक्षालाई ध्यान दिँदै नियन्त्रणमा लिएको बताए।

सञ्चालकले प्रहरीमा जानकारी दिएपछि असइ शाही नियन्त्रणमा लिएको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell