PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारलाई असफल बनाउन लागेका मिडियालाई कुनै पनि हालतमा छाड्नु हुन्न: योगेश भट्टराई



पी बी खड्का

सरकारलाई असफल बनाउन लागेका मिडियालाई कुनै पनि हालतमा छाड्नु हुन्न: योगेश भट्टराई

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का नेता तथा सांसद योगेश भट्टराईले सरकारलाई असफल बनाउन लागेका सञ्चारमाध्यमलाई छोड्न नहुने बताएका छन्।

बुधवार कर्णाली प्रदेश वीरेन्द्रनगरमा सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) को आयोजनामा शुरु भएको वार्षिक साधारण सभा तथा सामूदायिक रेडियो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले उक्त भनाई राखेका हुन्।

‘पछिल्लो समय कतिपय सञ्चारमाध्यम सरकारलाई असफल बनाउनतर्फ लागेका छन्,’ भट्टराईले भने,‘यस्ता सञ्चारमाध्यमलाई कुनै पनि हालतमा छोड्न हुदैन। सरकारलाई सहयोग गर्ने सञ्चारमाध्यमलाई पुरस्कृत पनि गर्नुपर्छ।’

सञ्चार माध्यम सम्मान गर्न लायक बन्नुपर्ने उनको तर्क थियो। ‘समाजमा जागरण ल्याउने सामूदायिक रेडियो सम्मान गर्न लायक हुनुपर्छ,’ उनले भने।

नेता भट्टराईले लोकतान्त्रिक प्रजातान्त्रिक भन्ने सरकारले भन्दा वर्तमान सरकारले दुई गुणा काम गरेको दावी गरे। ‘प्रेस स्वतन्त्रताका हकमा सबैभन्दा बढी लोकतान्त्रिक, प्रजातान्त्रिक भन्ने सरकार भन्दा वर्तमान सरकार कम छैन्,’ उनले भने,‘प्रेस जगतमा अतुलनिय परिवर्तन गराउन सक्षम सरकार वर्तमान सरकार हो।’ 

अब सञ्चारमाध्यमले तीन वटै तहका सरकारसंग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिँदै उनले नेकपाले प्रत्येक स्थानीय तहलाई सामुदायिक रेडियोकै लागि बजेट विनियोजन गर्न समेत पहल गर्ने बताए। सामुदायिक रेडियो खर्च अभावमा बन्द हुन नदिनेतर्फ आफ्नो पार्टी लागेको उनको भनाई थियो।

त्यसैगरी उनले सामुदायिक रेडियो सरकारको सारथि भएको भन्दै यसमा कुनै दुईमत नहुने उल्लेख गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell