PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सांसदहरुलाई श्रेणीगत विभेद गरेको गुनासो, सिंहदरबारमा सीधा प्रवेश अनुमति दिन आग्रह



सांसदहरुलाई श्रेणीगत विभेद गरेको गुनासो, सिंहदरबारमा सीधा प्रवेश अनुमति दिन आग्रह

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का राष्ट्रिय सभा सदस्य खिमकुमार विकले सांसदहरुलाई तीन श्रेणीमा बाँडेर विभेद गरिएको गुनासो गरेका छन्।

आजको राष्ट्रिय सभा बैठकमा सांसद विकले सांसदहरुलाई विभिन्न विकासे कार्यक्रममा विभेद गरिएको गुनासो गर्दै भने,‘सांसदहरुमा प्रत्यक्ष निर्वाचित सांसद पहिलो श्रेणीको, समानुपातिक दोस्रो श्रेणीको र राष्ट्रिय सभा सदस्य तेस्रो श्रेणीको व्यवस्था छ। त्यसलाई पुर्नविचार गरियोस्।’

‘हाम्रो संविधानको धारा ८३ ले नेपालको दुईवटा सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा हुने समान व्यवस्था गरेको छ। तर यसमा विभेद भएको छ। स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको निर्देशिकाले विभेद गरेको छ त्यस निर्देशिकालाई सच्याउन अनुरोध गर्दछु,’ सांसद विकले भने।

यसैगरी सांसद कालीबहादुर मल्लले देशको मुख्य शक्ति केन्द्र सिंहदरबारमा पहिचान खुलेका नेपाली नागरिकलाई प्रवेश गर्न दिनु पर्ने माग गरेका छन्। सिंहदरबारमा प्रवेश गर्न सर्वसाधारणलाई समस्या हुने गरेको बताउँदै सांसद मल्लले परिचयपत्र देखाएको आधारमा प्रवेश दिनु पर्ने सुझाव दिए।

‘जनतालाई सिंहदबारभित्र प्रवेश गर्न ठूलो सास्ती छ। नागरिकको पहिचान खुलेपछि प्रवेश गर्न पाउनु पर्छ। अहिले सिंहदरबार भित्रबाट नाम पठाएमात्र जान पाउँछन्। त्यो हटाउनु पर्‍यो। बरु कडा सुरक्षा जाँच हुनु पर्यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell