PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपक मनाङ्गे भन्छन् : आम्स हेरेर डराउने होइन, प्रचण्ड र बाबुरामले पाखुरा देखाएर देश हल्लाएका हुन् र?



पहिलोपोस्ट

दीपक मनाङ्गे भन्छन् : आम्स हेरेर डराउने होइन, प्रचण्ड र बाबुरामले पाखुरा देखाएर देश हल्लाएका हुन् र?

काठमाडौँ : प्रदेश नम्बर ४ का सांसद दीपक मनाङ्गेले आफू नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सदस्य नभएको दाबी गरेका छन्। 

बिहीवार ठमेलमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद मनाङ्गेले कम्युनिस्ट विचार बोकेको भन्दै एमाले भन्ने हल्ला चलाए पनि आफू कम्युनिस्ट पार्टीको सदस्य नभएको दाबी गरेका हुन्। उनले भने, 'पार्टी भनेको सबैको हुनुपर्छ। जसले राम्रो काम गर्छ त्यही पार्टी हो।

कम्युनिस्टले राम्रो गरेर राम्रो भन्नुपर्छ। मलाई कम्युनिस्टले साथ दियो भन्दैमा एमाले र माओवादी भन्ने हल्ला चलाएका छन्। तर म एमाले होइन।'

कार्यक्रममा सहभागी ठमेलका व्यवसायीलाई सम्बोधन गर्दै सांसद गुरुङले कार्ल मार्क्स र कम्युनिस्टको सिद्धान्त पढेर विकास नहुने दाबी गरे। ‘कार्ल मार्क्स भनेको को हो? त्यो आफै फ्रस्टेट भएको मान्छेको कुरा सुनेर केही हुँदैन। त्यस्तो फ्रस्टेड मान्छेको कुरा पढेर लाखौँ मान्छेले आत्महत्या गरे,' सांसद मनाङ्गेले भने।

ठमेल विकासका लागि ठमेलका व्यवसायी र स्थानीय नै लाग्नुपर्नेमा उनको जोड थियो। अन्यायमा परेका मान्छेले तत्कालीन माओवादीलाई हेरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए उनले। मनाङ्गेले भने, 'एकदम सिधा भएर पनि हुँदैन। हक र अधिकारको लागि लड्नुपर्छ। न्याय खोज्नुपर्छ। के प्रचण्ड, बाबुरामको आम्स थियो? आम्स देख्दै तर्सिनु हुँदैन। खै बाबुराम प्रचण्डले आम्स नभए पनि गाउँबाट आएर देश हल्लाए, चलाए त।' 

सांसद मनाङेले आफूले स्तरीय शिक्षा पाएकाले नै न्यायको लागि लड्दा गुन्डाको उपनाम पाएको दाबी गरे। राम्रो शिक्षाले न्यायका लागि लड्न सिकाउने समेत बताए। ‘नेपालमा राम्रो शिक्षा नै छैन। नेपालमा धनीलाई देख्दै नमस्कार गर्ने संस्कार छ। के नमस्कार गर्दै त्यसले उसको धन दिन्छ। नमस्कार होइन उ जतिकै बन्न सक्ने क्षमता पो विकास गर्ने हो त,' उनले भने।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षको उदाहरण दिँदै सांसद मनाङेले विचार फरक भए पनि विकासको लागि  व्यवसायी र अन्य पेशा भएका मानिसले पनि मिलेर अगाडि बढ्नुपर्ने बताए। ‘एउटा पार्टीका दुइटा प्रेसिडेन्ट हुनु संसारमा नै नभएको कुरा हो। उहाँहरू मिल्नुभयो। राम्रो भयो। सबैले सिक्नुपर्छ,' मनाङ्गेले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell