PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ



एम बम

१८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ
सेतो कपडामा बेरेर जमिनमुनि लुकाइएको थियो सुन

कैलाली  : प्रहरीले १८ किलो सुनसँगै प्रहरी जवान र उनका भाइलाई पक्राउ गरेको छ। कैलालीमा कार्यरत सादा पोशाकमा परिचालित हुने घुमुवा प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा पक्राउ परेका हुन्। 

ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको सूचना पाएपछि अनुसन्धान थालेको  झण्डै २ महिनापछि पक्राउ परेको हो । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले पुर्नवास नगरपालिका वडा नम्बर २ को दशरथ बस्थीबाट १८ किलो सुन बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरिक्षक सुदीप गिरीले बताए ।

बरामद भएका १ सय ८ टुक्रा सुनको प्रकृति हेर्दा चीनबाट नभएर म्यानमारतिरबाट आएको हुन सक्ने उनले बताए।

सुन तस्करीमा संलग्नहरुको अनुसन्धान भैरहेको पनि प्रहरी उपरिक्षक गिरीले बताए। घटनाको अनुसन्धान भैरहेकाले सबै सुचना दिन मिल्दैन गिरीले भने, हामी अनुसन्धान गरिरहेका छौं।

सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ।

 लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनि लुकाएर राखेका थिए। भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने शंका छ। लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell