PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ससुरालीमा १८ किलो सुन लुकाएका तिरुवाको घरमा भेटियो थप साढे ५ किलो सुन



एम बम

ससुरालीमा १८ किलो सुन लुकाएका तिरुवाको घरमा भेटियो थप साढे ५ किलो सुन
ससुराली घरमा तिरुवाले सेतो कपडामा बेरेर जमिनमुनि लुकाएको सुन

कैलालीः नेपाल प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट फेरि थप साढे ५ किलो सुन बरामद गरेको छ। पुनर्वासमा ससुराली घरमा १८ किलो सुन लुकाउने लक्ष्मण तिरुवाकै घरबाट गएराति १ बजेतिर प्रहरीले पाँच किलो ६ सय ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पढ्नुस्ः १८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ

पक्राउ परेका तिरुवासँग प्रहरीले गरेको सोधपुछपछि घरबाट प्रहरीले उक्त सुन बरामद गरेको हो। सोधपुछमा तिरुवाले घरमा समेत सुन रहेको स्वीकार गरेका थिए।

प्रहरीले शुक्लाफाँटा नगरपालिका ११ मा तिरुवाकै घरमा लुकाएको अवस्थामा सुन बरामद गरेको हो। यसअघि प्रहरीले बिहीबार दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट १८ किलो सुन बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell