PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फेरियो बौद्धमा लुङ्दर र झन्डा, १२ फोटोमा हेर्नुस्

फेरियो बौद्धमा लुङ्दर र झन्डा, १२ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


बौद्ध स्तुपमा शुक्रबार लुङ्दर र झन्डा फेरिएको छ। बौद्ध धर्मका मन्त्रहरु रहेको पाँच रङका लुङ्दर बौद्ध तीर्थस्थलहरुमा राख्ने गरिन्छ। पुरानो हुँदै गएपछि यसलाई फेर्ने गरिन्छ। लुङ्दर फेरेर नयाँ राखिएपछि बौद्ध परिसर अझ आकर्षक देखिएको छ।

पाँच वटा रङका विभिन्न अर्थ रहेका छन्। सेतोको जलशक्ति, पहेँलोको भूमि शक्ति, रातोको अग्नि शक्ति, हरियोको वायु शक्ति र नीलोको प्राण शक्ति भन्ने एक किसिमको भनाई छ भने अर्को मान्यतामा पञ्चबुद्धको प्रतीकका रुपमा पनि यसलाई लिइन्छ। नीलोको अक्षेभ्य बुद्ध, पहेँलोको रत्न सम्भव बुद्ध, रातोको अमिताभ बुद्ध, हरियोको अमोघ सिद्ध बुद्ध, सेतोको बेरोचना बुद्धको रुपमा लिइन्छ। 

हेर्नुस् प्रवीण रानाभाटले खिचेका फोटो



ट्रेन्डिङ पोस्ट

Ncell