PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौं महानगरभित्र फेरि नाइट बस चलाउने तयारी



पहिलोपोस्ट

काठमाडौं महानगरभित्र फेरि नाइट बस चलाउने तयारी
फाइल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र फेरि नाइट बस संचालनका गर्ने योजना बनाएको छ। 

सात वर्षअघि पनि महानगरपालिकाले आफैले तीन महिनाका लागि ४५ लाख रुपैयाँ अनुदान दिएर राति ८ बजेदेखि ११ बजेसम्म नाइट बस सञ्चालन गरेको थियो। तर पनि यो दीगो हुनसकेन।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात ,नेपाल प्रहरी,ट्राफिक प्रहरी लगाएतका सरोकारवाला निकायसँग छलफल भैरहेको छ ।

महानगर भएपनि ८ बजे नै डेड सिटी जस्तो भएको भन्दै महानगरपालिकालाई रातमा पनि जीवन्त बनाउन नाइट बस संचालन गर्न लागेको हो । नाइट बस संचालन गरे केहि हदसम्म जामको समस्या समेत कम हुने अपेक्षा गरिएको छ ।

यातायात व्यवसायीसंग भएको छलफलमा सुरक्षा र वैज्ञानिक भाडादर कायम गरे रात्रीकालीन सेवा दिन सकिने प्रतिक्रिया दिएको डंगोलले जानकारी दिए ।

कति बजेसम्म कुन,कुन रुटमा चलाउने भन्ने विषयमा अहिले छलफल भैरहेको छ। केहि समयभित्रै रात्रीकालीन बस सेवा बारे टुङगो लाग्ने डंगोलले बताए ।

महानगरका अनुसार पहिलो चरणमा ११ बजेसम्म संचालन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यसलाई बढाएर विस्तारै केहि घण्टा समय थप्न सकिने निष्कर्ष निकालिएको छ । काठमाडौं महानगरपालिका भित्र  नाईट बस संचालन गर्न लागिएको हो ।

अहिले सार्वजनिक सवारीसाधन राती १० बजेसम्म संचालन गर्ने शर्त सहित यातायात व्यवस्था विभागले रुट इजाजत दिने गर्छ। तर व्यवसायीहरुले ८ नबज्दै सवारीसाधनहरु थन्क्याउने गरेका छन् ।

नाइट बस सेवाका लागि काठमाडौ महानगरपालिकासंग अनौपचारिक छलफल भएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्थानीय तहले नै रात्रीकालीन बस सेवा संचालन गर्दा उपयुक्त हुन्छ ।

पिक एण्ड ड्रप महानगरपलिका नै सुरुवात गरेको र त्यो प्रभावकारी भएकाले रात्रीकालीन बस सेवा पनि महानगरले गर्दा उपयुक्त हुने उपाध्यायको भनाई छ । यसका लागि विभागले सहजीकरण भने गरिदिन सक्ने छ ।

वैज्ञानिक भाडादर कायम गर्नका लागि विभागले नीति तर्जुमा गर्न सक्दछ। अहिले ८ बजेपछि ट्याक्सीले दोब्बर सम्म लिने गरेका छन् । यो व्यवस्था भाडाका बसहरुका लागि पनि गर्न सकिने उपाध्यायले बताए । रात्रीकालीन सेवा अहिले माग र आवश्यकता भएकाले अब संचालन गर्नुपर्ने विभागको ठहर छ। रातीसम्म बसहरु पाइन्छ भन्ने भएपछि मानिसहरुको चहल पहल बढ्छ ।

यसैगरी कुनै कम्पनीका २० वटा बसहरु संचालनमा भए दिनमा १९ वटा बस संचालन गरेर रातमा एउटा बस संचालन गर्नुपर्ने नीति विभागले बनाउन सक्छ ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell