PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भिमकाय रोलीसँग सेल्फी खिच्न दर्शकको भिड, हेर्नुस् १२ फोटोमा

भिमकाय रोलीसँग सेल्फी खिच्न दर्शकको भिड, हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो जिउ भएको बडिबिल्डरको रुपमा चिनिने रोली विङ्कलार शनिवार राजत्रानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रस्तुत हादा उनीसँग सेल्फी खिचाउने नेपाली दर्शकको भिड लाग्यो।

आइएफबिबि प्रोफेसनल बडिबिलिडिङ च्याम्पियनसिप प्रो क्वालिफायर आयोजनाको अवसरमा विङ्कलार नेपालमा आएका थिए।

प्रज्ञा भवनमा जब होस्ट बिल्ली गोर्डनले रोली स्टेजमा आउन लागेको संकेत गरे तब दर्शकदिर्घामा माहोल एकाएक तातेको थियो।

त्यसपछि रोली गेस्ट पोजरको रुपमा स्टेझमा देखा परे। उनले स्टेजमा विभिन्न पोजहरु दिए। त्यसपछि उनी त्यहाँ अडिएनन्। दर्शक दिर्घामा ओर्लिए। जब उनी स्टेज छाडेर दर्शक बस्नेतिर पुगे तब दर्शकहरु उनीसँग सेल्फी खिच्न व्यस्त रहे। रोली विङ्कलारले पनि दर्शकलाई निराश पारेनन् र सबैतिर घुमेर नेपाली दर्शकको सेल्फी खिच्ने मोह पूरा गरिदिए।

रोली विङ्कलार विश्व बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मिस्ट ओलम्पिया २०१८ मा तेस्रो भएका थिए। तर उनी त्यहाँ पिपुल च्वाइस अवार्ड जित्न सफल भएका थिए। यस्तै अष्ट्रेलियामा भएको आर्नोल्ड क्लासिकको विजेता बनेका उनी अर्को च्याम्पियनसिपको तयारीमा छन्।

आइएफबिबि प्रो लिग नेपालको प्रोमोटरको रुपमा रहेका सानु गुरुङले नेपालमै पहिलो पटक आयोजना गरेर प्रो क्वालिफायरमा विङ्कलारले गेष्ट पोजरको रुपमा ल्याएका हुन्।

१३० केजी तौल रहेका विङ्कलारलाई डच बिस्ट, दि सामुराई जस्ता उपनामले चिनिन्छ। पहिलो पटक नेपाल आउँदा एकदमै खुशी लागेको बताउदै विङ्कलारले अर्को पटक अझ बढी समय बस्ने गरी नेपाल आउने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell