PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुलवामा आक्रमणमा आफ्नो देशको संलग्नता नरहेको पाकिस्तानी विदेशमन्त्रीको जवाफ : विश्वमा आज



पुलवामा आक्रमणमा आफ्नो देशको संलग्नता नरहेको पाकिस्तानी विदेशमन्त्रीको जवाफ : विश्वमा आज
फोटो: INDIA.COM

पाकिस्तानको जवाफ

भारतको जम्मू कश्मिरको पुलवामामा सुरक्षाकर्मी लक्षित आक्रमणमा पाकिस्तानको हात रहेको भारतको आरोप पाकिस्तानले खण्डन गरेको छ।

घटनाको निन्दा गर्दै पाकिस्तानी विदेश मन्त्री शाह मुहमद कुरैशीले उक्त आक्रमणसँग पाकिस्तानको कुनै सम्बन्ध नरहेको बताएका हुन्।

पुलवामामा भएको सो आक्रमणमा भारतको केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो।

पाकिस्तानले आतंककारीहरुलाई शरण दिइरहेको भारतले आरोप लगाएपछि पाकिस्तानले आरोपहरु बारे प्रमाण दिन भारत सरकारलाई चेतावनी दिएको छ। कुरैशीले आरोपहरुको खण्डन गर्दै प्रमाण दिए घटनाबारे सहकार्य गर्दै छानविन गर्ने बताएका छन्।

बिहिवार भएको उक्त आक्रमणमा पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको संलग्नता रहेको भारतले बताएको छ। 

हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मिरमा भएको आक्रमणविरुद्ध पाकिस्तानलाई कडा जवाफ दिने चेतावनी दिएका थिए। 

आतंकवादी आक्रमण पछि भारतमा पाकिस्तान र कश्मिर विरोधी प्रतिक्रियाहरु बढ्दै गएको छ।  

 

सुरक्षा कारबाही

अफगानिस्तानमा २४ घण्टा यता भएको सुरक्षा कारबाहीमा ५३ लडाकूको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त-ए-क्वाला जिल्लामा गरिएको सुरक्षा कारबाहीमा लडाकूहरु मारिएको बताइएको छ।

सुनखानीमा दुर्घटना

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटना भएका दुई सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशंका गरिएको अधिकारीहरुले बताएका छन्।

फोटो: THE NEW YORK TIMES/ REUTERS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell