PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ: सप्तरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा निजगढ नगरपालिका ८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका ८ बस्ने सौरभ लामा घाइते भएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

आइतबार बिहान करिब २ बजे सप्तरी अग्निसाइर कृष्णशवरणस्थित पूर्व पश्चिम राजमार्गमा ना ५ ख १६५१ नम्बरको मैदा बोकेको ट्रक अन्यन्त्रित भई रुखमा ठोक्किँदा दुर्घटना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell