PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसलाई पेलेरै सरकारले अघि बढायो संबैधानिक आयोगका अध्यक्षहरुको सनुवाई



कांग्रेसलाई पेलेरै सरकारले अघि बढायो संबैधानिक आयोगका अध्यक्षहरुको सनुवाई

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ।

आज बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको अनुपस्थिति मै सुनवाई प्रक्रिया अगाडि बढाएको हो।

माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संबैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। संबैधानिक परिषद्को उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। देउवाको अनुपस्थितिमै सिफारिस गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

सिफारिस भएका अध्यक्षहरुको सुनवाईलाई कांग्रेस सांसदहरुले बहिष्कार गर्दै आएका छन्। यसअघिको बैठकमा असहमति पत्र जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो। आजको बैठक पनि कांग्रेसले बहिष्कार गरेको छ।

आजको बैठकमा प्रस्तावित अध्यक्षहरु विरुद्धको उजुरी खोलिएको छ। सात गते उजुरी कर्तासँग छलफल गर्ने समितिले जनाएको छ।

यसैगरी सात गते नै राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा सिफारिस भएका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा सिफारिस भएका शान्तराज सुवेदीको सुनवाई हुनेछ। 

मुस्लिम आयोगका अध्यक्षमा सिफारिस भएका समिम मिया अन्सारीविरुद्ध मात्र उजुरी परेको छ। उक्त उजुरीमाथि छलफल हुनेछ। अन्सारीविरुद्ध शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै दुईवटा उजुरीपरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell