PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बीबीएल : मेलवर्न डर्बी जित्दै रेनेगाड्स च्याम्पियन, सन्दीपको टोली उपविजेता



पहिलोपोस्ट

बीबीएल : मेलवर्न डर्बी जित्दै रेनेगाड्स च्याम्पियन, सन्दीपको टोली उपविजेता

नेपाली क्रिकेट सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्स बिग बास लिग (बीबीएल) आठ को उपविजेता बनेको छ।

मेलवर्न डर्बी फाइनलमा मेलवर्न रेनेगाड्सले स्टार्सलाई १३ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

१४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

पहिलो विकेटका लागि बेन डंक र मार्कुस स्टोइनिसले ९३ रनको साझेदारी गरेपनि अन्य खेलाडीले खराब ब्याटिङ गरेपछि स्टार्सले लक्ष्य भेट्टाउन सकेन।

डंकले ५७ र स्टोइनिसले ३९ रन बनाए। एडम जाम्पा १७ रनमा नटआउट रहे। स्टार्सले १९ रन बनाउँदा ७ विकेट गुमाएको थियो।

रेनेगड्सको लागि क्रिस ट्रेमन, क्यामरुन बोएस र ड्यानिएल क्रिस्टियनले २-२ विकेट लिए।

त्यसअघि मार्भेल स्टेडियममा ब्याट फ्लिप हारेपछि पहिले ब्याटिङ गरेको रेनेगाड्सले टम कुपर र ड्यान क्रिस्टयनको अर्धशतकिय साझेदारी मद्दतमा २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन बनाएको थियो। ६५ रन हुँदा ५ विकेट गुमाएको अवस्थामा कुपर र क्रिस्टियनले छैटौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। कुपर ४३ र क्रिस्टियन ३८ रनमा नटआउट रहे। स्टार्सका लागि ज्याक्सन बर्ड र एडम जाम्पाले २-२ विकेट लिए।

नेपालका सन्दीपले ४ ओभरमा किफायती बलिङ गर्दै १६ रन खर्चेपनि विकेट लिन सकेनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell