PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न सकेन: मन्त्री यादव



पहिलोपोस्ट

सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न सकेन: मन्त्री यादव

काठमाडाैं: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन्। खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाैं अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए। “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उनले भने। 

न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ। “न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ”, उनले भने। मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए। “व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ”, उनले भने। फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो। महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए। 

कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell