PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माग पुरा नगरे सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी



माग पुरा नगरे सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी

काठमाडौं: केही दिनयता आन्दोलनरत सरकारी चिकित्सकहरुले सामूहिक राजीनामा दिने लगायतका माग राख्दै आन्दोलनका घोषणा गरेका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका थिए।

एक महिनअघि सरकारले माग पुरा गर्ने सहमति गरेपनि कार्यन्वय नगरेको भन्दै उनीहरु फेरि आन्दोलनमा थिए।

 

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने जनायो।

 

भोलिबाट उनीहरुले (सोमबार) सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्। मंगलबार माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम गर्नेछन्।

 

बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी 'अवज्ञा आन्दोलन' सुरु गर्ने चेतावनी दिएका छन्।

समबन्धित समाचार

किन बारम्बार भइरहन्छ डाक्टरहरुको आन्दोलन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell