PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली क्रिकेटको यी दश क्षणमध्ये सबैभन्दा उत्कृष्ट कुन हो? मन परेकोलाई भोट गर्नुस्



पहिलोपोस्ट

नेपाली क्रिकेटको यी दश क्षणमध्ये सबैभन्दा उत्कृष्ट कुन हो? मन परेकोलाई भोट गर्नुस्

काठमाडौँ : नेपाली क्रिकेटको लागि पछिल्लो एक वर्को समय उपलब्धी मुलुक बन्यो। पहिलो पटक ओडिआई स्ट्यासटसको मान्यता पाउनुदेखि, पहिलो ओडिआई सिरिज जित र पहिलो टी २० आई सिरिज जित यही समयमा हात पार्‍यो।

टिमले सफलता पार्दा व्यक्तिगत रुपमा पनि केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। केही प्रदर्शन यस्ता पनि थिए जसले टिमको सफलताको आधार तय गर्‍यो र त्यो नै निर्णायक क्षण पनि बन्यो।

नेपालले डिभिजन टू मा क्यानडालाई जित्दा करण केसीको प्रदर्शन होस् या युएई विरुद्ध पहिलो सिरिज जित्दा पारस खड्काको शतक, सोमपाल कामीको ५ विकेट, अनी टी २० सिरिज जित्दा ज्ञानेन्द्र मल्लको ३ शानदार क्याच।

यस्तै सन्दीप लामिछानेले एक वर्षको अवधीमा आधा दर्जन बढी टी २० लिग खेले। अष्ट्रेलियन बिग बास लिगको फाइनल खेल्ने पहिलो खेलाडी बनेका सन्दीपले राष्ट्रिय टिमको लागि उच्च प्रदर्शन गरे।

यस्तै महिला क्रिकेट टिम १२ वर्षपछि फाइनल पुग्न सफल भयो। नेपालका दुई युवा खेलाडी रोहित कुमार पौडेल र सन्दिप जोराले ओडिआई र टी२०आईमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्दै विश्व कीर्तिमान कायम गरे।

यीनै महत्वपूर्ण क्षणहरुलाई समेट्दै नेपाल क्रिकेट खेलाडी संघ सिप्यानले एनसिसिएस-सिप्यान क्रिकेट अवार्डका लागि १० उत्कृष्ट क्षणको मनोनयन सार्वजनिक गरेको छ।

क्रिकेट खेलाडीहरुको संघले पहिलो पटक आयोजना गर्न लागेको यस अवार्डमा वर्षको उत्कृष्ट क्षण विधा छ। त्यसका लागि नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनहरुमध्ये उत्कृष्टलाई मनोनयनमा राखेको छ।

मनोनयनमा परेका १० मध्ये आफूलाई मन परेको क्षणलाई दर्शकहरुले मत दिन सक्नेछन्। त्यसका लागि आयोजकले तयार पारेको अनलाइन सफ्टवेयरमा गएर आफ्नो मत दिन सकिनेछ।

आयोजकका अनुसार एउटा डिभाइसबाट एक मत मात्र दिन सकिनेछ। र यसरी आएका मतमध्ये जसले धेरै मत प्राप्त गर्छ त्यही नै वर्षको उत्कृष्ट क्षण घोषित हुनेछ।

एनसिसिएस-सिप्यान अवार्डमा उत्कृष्ट क्षणसँगै वर्ष खेलाडी पुरुष र महिला, वर्षको उदयमान खेलाडी र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी कूल पाँच विधामा अवार्ड प्रदान गरिनेछ।

अवार्ड यही फागुन २१ गते कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell