PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो, २५ सट हाने पनि गोल गर्न सकेन



पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो, २५ सट हाने पनि गोल गर्न सकेन

स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकिएको छ।

कूल २५ सट प्रहार गरेपनि एक गोल गर्न नसक्दा बार्सिलोनालाई लियोनले गोलरहित बराबरीमा रोकेको हो।

बार्सिलोनाका स्टार खेलाडीहरु लियोनल मेसी, लुइस सुअरेज, फिलिप काउटिन्होको प्रहार लियोनका गोलकिपर एन्टोनी लोपेजले बचाएका थिए।

गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेको दिन बार्सिलोनका मार्क टेर स्टेघनले पनि केही राम्रो बचाउ गरे।

यी दुई टोलीबीच दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मार्च १३ मा हुनेछ।

च्याम्पियन्स लिगका पछिल्ला ६ अवे नकआउट म्याचमा बार्सिलोनाले जित हात पार्न सकेको छैन्। ६ मध्ये ४ खेलमा हार र दुई खेल बराबरीको नतिजा निकालेको बार्सिलोनाले ५ खेलमा गोल गर्न सकेको छैन।

यस्तै लियोनले बार्सिलोनासँग च्याम्पियन्स लिगमा खेलेको ७ वटा खेलमा जित हात पार्न सकेको छैन। तीन खेल बार्सिलोनाले जित्दा ४ खेल बराबरीमै सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell