PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पर्वतमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

पर्वतमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वतः विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ध १ च ३१५ नम्बरको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो।

नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell