PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अक्षय कुमारले पाकिस्तानको समर्थन गरेको भिडियो भाइरल, यथार्थ के हो?



अक्षय कुमारले पाकिस्तानको समर्थन गरेको भिडियो भाइरल, यथार्थ के हो?
फोटो: Getty Image

मुम्बई: काश्मिरको पुलवामा घटनापछि बलिउड अभिनेता अक्षय कुमारको एउटा पुरानो भिडियो भाइरल भएको छ।

भिडियो भाइरल भएसँग उनीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ।  

पुलवामा घटनामा पाकिस्तानको समर्थन गरेको भन्दै अक्षयलाई सामाजिक सञ्जालमा राष्ट्रविरोधीको रुपमा चित्रित गर्दै सार्वजनिक बहिष्कारको अपील गरिएको छ। यद्यपि उक्त भिडियो २०१५ को हो।  जसमा अक्षयले ‘चरमपन्थी पाकिस्तानमा होइन भारतमा पनि छन्’ भनेका छन्। 

पुलवामा गत बिहीबार भएको आतंकवादी आक्रमणमा ४२ भारतीय सैनिकको ज्यान गएको थियो। उक्त भिडियो शेयर गर्दै प्रयोगकर्ताले ‘पाकिस्तान चरमपन्थी देश होइन, बरु भारतमा चरमपन्थी तत्व छन्’ भनेर अक्षयले राष्ट्र विरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई सार्वजनिक बहिष्कारका लागि अपिल गरेका छन्।
 
पाकिस्तानको दुनियाँ न्यूजले पनि अक्षयले पाकिस्तान चरमपन्थी देश नभएको दाबी गरेको भन्दै समाचार प्रकाशित गरेको छ। चरमपन्थी पुरै विश्वमा रहेको अक्षयको भनाई रहेको समाचारमा उल्लेख छ।

बीबीसी हिन्दीले भने यो भिडियोको पलुवामा घटनासँग कुनै सम्बन्ध नरहेको जनाएको छ। उसका अनुसार यो भिडियो सन् २०१५ को हो। फिल्म बेबीको प्रमोशनका दौरान अक्षयले चरमपन्थबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। ‘चरमपन्थ कुनै देशमा हुँदैन। यसका केही तत्व हुन्छन्। चरमपन्थ भारतमा पनि छ, अमेरिका र अष्ट्रेलियामा पनि छ। पेरिस र पेशावरमा पनि छ। चरमपन्थ केही मानिस फैलाउँछन र कुनै पनि राष्ट्र समर्थन गर्दैन’, उनले भनेका थिए।

यद्यपी पलुवामा आक्रमणमा मारिएका सैनिकका परिवारका लागि अक्षयले राहत कोष ‘भारतका वीर’ मा योगदान गर्न सार्वजनिक अपील गरिसकेका छन्। तर, भाइरल भिडियोबारे अक्षयले कुनै प्रतिक्रिया दिएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell